सुदूर नेपाललाई विश्वसँग जोड्दै

आगलागीपछि कैलालीको मुक्त कमैया शिविर (तस्बिरहरु)

धनगढीः कैलालीको कैलारी गाउँपालिका–७ मा रहेको मुक्त कमैया शिविरमा भीषण आगलागी भएको छ। गहुँको नलमा लगाइएको आगो गएर मुक्त कमैया बस्तीमा सल्केको वडा अध्यक्ष कमलप्रसाद चौधरीले जानकारी दिए।

उनका अनुसार आगलागीबाट ७३ मध्ये धेरै घर जलेर नष्ट भएका छन्। खर र टिनको छानो भएको बस्तीमा आगलागी हुँदा ठूलो क्षति भएको हो।

आगलागीबाट अन्नबालीका साथै बङ्गुर, पशु चौपायासहित धनसम्पत्ती जलेर नष्ट भएको अध्यक्ष चौधरीको भनाइ छ।

 दिउँसोदेखि लागेको आगो अपराह्न मात्रै नियन्त्रणमा आएको प्रहरीले जनाएको छ। तर, आगलागीबाट भएको क्षतिको यकिन विवरण भने आइनसकेको प्रहरीले बताएको छ।

धनगढी उपमहानगरपालिका, टीकापुर नगरपालिका र गौरीगङ्गा नगरपालिकाको दमकलको सहयोगमा आगो निभाइएको थियो।

२०७९ वैशाख ११, ०७:१४
कमेन्ट लोड गर्नुस