सुदूर नेपाललाई विश्वसँग जोड्दै

फाप्ला क्रिकेट मैदानमा के हुँदैछ (तस्बिरहरू)

गएको शनिबार बिहान हामी फाप्ला क्रिकेट मैदान पुग्दा त्यहाँ क्रिकेटसँगै अन्य गतिविधिहरू पनि जारी थिए।

एकातिर किशोरहरू क्रिकेट खेलको तयारीमा थिए भने अर्कोतिर कोही खेलाडी अभ्यासमा व्यस्त थिए।

साँझपख फुटबल खेल मैदानमा बदलिने गरेको फाप्ला मैदानमा शनिबार बिहान भने क्रिकेटखेल र अभ्यास नै चल्दै थियो।

तर मैदानको दुईतिर फुटबल खेल्नका लागि गाडिएका काठका गोल पोस्टहरू ठडिइएका थिए।

मैदानको उत्तरपट्टि कुनामा पुरुष खेलाडीहरूको भिडमा एउटी किशोरी पनि भेटिइन्।

दुई किशोरसँग मिलेर उनी कहिले बलिङ त कहिले बल समाप्तै उनी क्रिकेट खेल अभ्यास गर्दै थिइन्।

नेपालको राष्ट्रिय क्रिकेट टोलीको पोसाक लगाएकी उनी नेपालको अन्डर १९ टोलीमा खेलिसकेकी सुदूरपश्चिमकी खेलाडी लक्ष्मी साउद रहिछन्।

अर्कोतिर धनगढी क्रिकेट एकेडेमीका किशोरहरू क्रिकेट म्याचमा व्यस्त थिए।

मैदानको चौरमा एकजना स्थानीय किसान आफ्ना गाई तथा गोरु चराउन व्यस्त थिए।

तारबार र छेकबारको राम्रो प्रबन्ध नहुँदा मैदानमा जुनसुकै बेला जोकोही पस्न सक्ने देखिन्छ।

मैदानबाहिर गाई चर्ने ठाउँमा बियरका खाली बोतल पनि देखियो। फोहरमैला व्यवस्थान र मैदानको सुरक्षाको लागि कसैले चासो देखाएको पाइएन। (तस्बिरहरू: टिम दिनेशखबर)

२०७७ मंसिर १६, ०२:३६
कमेन्ट लोड गर्नुस