सुदूर नेपाललाई विश्वसँग जोड्दै

घुम्न जाउँ मालिकार्जुन (फोटो फिचर)

 मालिकार्जुन मन्दिर नेपालको दार्चुला जिल्लामा अवस्थित छ। यस मन्दिरलाई नेपाल सरकारले २०६५ सालमा देशकै सातौं धाम घोषणा गरेको थियो। देशको सातौ धाम तथा जिल्लाकै प्रमुख धार्मीक पर्यटकीयस्थलका रुपमा चिनिदै आएको मालिकार्जुन मन्दिरमा विशेष गरी प्रत्येक वर्ष कार्तिक वा मंसीर महिनामा जात्रा र भदौ महिनाको गौरा पर्व लाग्ने गर्दछ।

मालिकार्जुन देवता भारतको कत्यूर भन्ने ठाउँबाट मालिकार्जुनको शैल्य शिखरमा आएका हुन् भन्ने किंवदन्ती रहेको पाइन्छ। भारतमा भएको धार्मीक दंगाका बखत १६ औं सताब्दी तिर नेपाल विभिन्न राज्य उपराज्यहरूमा विभाजन थियो।

कर्णाली प्रदेस अन्तरगत डोटीराज्यमा मल्ल वंशका राजाहरू शासन गर्दथे। भारतमा भइरहेको धार्मीक हिंसाका वेला भारतका विभिन्न ठाउँबाट धर्म रक्षाका निम्ती त्यँहाका हिन्दुहरू एक ठाउँवाट अर्को ठाउँमा स्थानान्तरण हुंदै गए। धर्म रक्षा र जीवन रक्षाका क्रममा शैल्य मालिकार्जुन शिवलिंग र शालीग्रामका साथ भारतका विभिन्न ठाउँ हुंदै अभयराज पाण्डेय, निमनाथ योगी, भिमराज भट्ट, धाराधिरा पहलवान र सुरदास औजी दार्चुलाको रिठाचौपाता आई रिठा भन्नेठाउँमा वास बसेको श्रुति छ।

२०७६ माघ ७, ०६:३०
कमेन्ट लोड गर्नुस