सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा सशस्त्र प्रहरीको उद्धार टोलीले सुरुङमा फसेकाहरुको शव निकाल्यो

सशस्त्र प्रहरी बल विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरिक्षक भवराज कटुवालको नेतृत्वमा आएको चारजना र दिपायलबाट खटिएको पाँचजनाको उद्दार टोलीले बझाङको कालंगा हाईड्रोपावरको सुरूङ भित्र फसेका तिन जना मजदुरको शव निकालेको छ। उक्त टोलीले तिनै जनाको शव करिब एक किलो मिटर भित्रबाट बाहिर निकालेको हो भने एकजनाको शव निकाल्ने प्रयास जारी रहेको सशस्त्र प्रहरीले जनाएको छ। आईतबार दिउँसो सुरङ भित्र काम गर्न गएका चारैजना मजदुरको निसासिएर मृत्यु भएको थियो।

२०७६ कार्तिक १९, ११:०१
कमेन्ट लोड गर्नुस