धान दिवसमा सुदूरपश्चिमका मन्त्री र सासंदको रोपाई
कैलालीको मजगाँउमा १६ औँ धान दिवस मनाइएको छ।
जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ८ मजगाँउमा प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले धान दिवस मनाएको हो।
धान दिवसमा प्रदेशका कृषि मन्त्री विनिता चौधरी, प्रदेश सभा सदस्यहरु, कृषि मन्त्रालयका कर्मचारी तथा दहित रत्तौ कृषि समुहमा आवद किसानहरुको सहभागिता रहेको थियो।
धान दिवसका दिन मन्त्री र सासंद रोपाईमा व्यस्त भएपनि सुदूरपश्चिमका किसानहरुको भने सिँचाईको सुविधा नहुँदा र रासायनिक मल नहुँदा खेत बाँझै रहेको छ।
फाेटाे:कमल सावद
२०७६ असार १५, १२:२३
कमेन्ट लोड गर्नुस