धनगढीको कैलाली मोडेल स्कुलका विद्यार्थी समुदायमा सरसफाइ गर्दै (तस्बिरहरू)
धनगढी-४ मा रहेको कैलाली मोडेल स्कुलका विद्यार्थी समुदायमा सरसफाइ गर्दै
धनगढी उपमहानगरपालिकाको आग्रहमा विद्यालयले शुक्रवार समुदायमा सरसफाइ गरेको हो।
धनगढीका विद्यालयहरूलाई विद्यालय वरपरको ५ सय वर्ग मिटर क्षेत्रभित्र सरसफाइ गर्ने जिम्मेवारी दिइएको छ।
समुदायमा गएर सरसफाइ गर्दै विद्यार्थीले स्थानीयलाई फोहरमैला व्यवस्थापन गर्ने सन्देश दिने गरेका छन्।
धनगढीका सामुदायिक र निजी विद्यालयले सरसफाइ अभियान चलाउने गरेका छन्।
फोटोः कैलाली मोडेल स्कुलका खेल शिक्षकः पृथ्वीराज घिमिरे
२०८१ जेठ ६, ०९:४९
कमेन्ट लोड गर्नुस