कैलालीको गोदावरी नदीमा जथाभावी उत्खनन् (तस्बिरहरू)
कैलालीको गोदावरी नगरपालिकाले स्थानीय गोदावरी नदीमा जथाभावी उत्खनन् गरिरहेको पाइएको हो।
मापदण्ड विपरीत नदीमा मेसिन लगाएर उत्खनन् भइरहेको छ।
नदीको सतहभन्दा निको गहिरो खनेर ढुङ्गा, गिट्टी र बालुवा उत्खनन् भइरहेको पाइएको छ।
नगरपालिकाको नगर प्रमुखको संलग्नतामा नदीमा दोहन भइरहेको स्थानीयको भनाइ रहेको छ।
नगरपालिकाका प्रमु्ख प्रशासकीय अधिकृतले नदीमा केही ठाउँमा मापदण्ड विपरीत काम भएको स्वीकार गरेका छन्।
नगरपालीकाले सार्वजनिक सूचना निकालेर ठेक्का आह्वान गर्दा ठेक्का नलागेपछि असोजदेखि आफैले अमानतमा नदीजन्य पदार्थ संकलनको राजश्व संकलन गर्न थालेको हो।
आइतवार गोदावरी नदीको तीन ठाउँमा पाँच वटा एक्स्काभेटर लागएर उत्खनन् गरिरहेको पाइएको छ।
नदी सतहबाट मापदण्डभन्दा गहिरो खाल्डा खनेर उत्खनन् गर्ने काम भइरहेको देखिएको छ।
तस्बिरः नारायण अवस्थी
२०८० माघ २१, ०५:१६
कमेन्ट लोड गर्नुस