कञ्चनपुरमा अटोरिक्सामा ओसारपसार भइरहेको अवैध काठसहित एक जना पक्राउ
२०७७ पुष १५, ०५:५९
कञ्चनपुर : कञ्चनपुर प्रहरीले अवैध काठसहित एक जनालाई पक्राउ गरेको छ।
जिल्लाको भीमदत्त नगरपालिका–१८ स्थित मामाभान्जा चोकबाट अटोरिक्सामा ओसारपसार भइरहेको काठसहित सोही वडाकै गोविन्द सार्कीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
सार्कीले चलाएको म१ह ४८९ नम्बरको अटोरिक्साबाट ३ गोलिया काठ बरामद भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए।
पक्राउ परेका गोविन्द सार्कीलाई आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय कञ्चनपुर पठाइएको उनले बताए।
कमेन्ट लोड गर्नुस