चिनियाँ राजदूत यान्छीको रेशम फिरिरी मार्फत दशैँको शुभकामना
नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाली गीत रेशम फिरिरी मार्फत दशैँको शुभकामना दिएकी छिन् । उनले सो गीत गाउँदै दशैँको शुभकाना दिएकी हुन् ।
गीत गाएको भिडिओ उनले आफ्नो ट्विटरमा राखेकि छिन् । एक मिनेट २८ सेकेन्डको भिडिओ सेयर गर्दै उनले ट्विटरमा भनेकी छन्, मेरा सहकर्मी र मैले नेपाली गीत रेशम फिरिरी अभ्यास र्गयौं र अन्तमा हामी गाउन सफल भएका छौं।
उनले गीत सेयरसँगै यसले सबैलाई शौभाग्य र खुसी ल्याओस १ भन्दै शुभकामना दिएकी हुन् ।