सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा झण्डै ३ लाख पर्ने भन्सार छलीका मोबाईल ब्याट्री र डिस्प्ले बरामद

२०७७ भदौ १५, ०७:३३ खबर संवाददाता

धनगढीः धनगढीमा प्रहरीले झण्डै तीन लाख मूल्य पर्ने भन्सार छलीका मोबाईल ब्याट्री र डिस्प्ले बरामद गरेको छ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ३ चटकपुरमा वेवारिसे अवस्थामा छोडिएका दुई लाख ९५ हजार नौँ सय ५० मूल्य पर्ने चोरी पैठारीका ब्याट्री र डिस्प्ले बरामद गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले विभिन्न ब्राण्डका मोबाईलका एक सय २३ थान ब्याट्री र एक सय ७५ थान डिस्प्ले बरामद गरी आवश्यक कारवाहीका लागि भन्सार कार्यालय बुझाईएको जानकारी दिए। 
 
 

कमेन्ट लोड गर्नुस