धनगढीमा आज कोरोना पुष्टि भएका १० मध्ये ८ जनाको ‘ट्राभल हिस्ट्री’ छैन्
धनगढीः धनगढीमा आज कोरोना पुष्टि भएका १० मध्ये ८ जनाको ट्राभल हिस्ट्री भेटिएको छैन्।
उपमहानगरपालिकाको स्वास्थ्य शाखाका अनुसार कोरोना पुष्टि भएका वडा नम्बर ३ का ५४ वर्षीय महिला भारत र वडा नम्बर ५ का २३ वर्षीय पुरुष काठमाडौँबाट फर्किएको भएपनि अन्यको ट्राभल हिस्ट्री छैन्।
उनीहरु मध्ये दुई स्टाफ नर्स सहित चार जना निसर्ग अस्पतालमा कार्यरत कर्मचारी हुन्। एकजना धनगढीको चटकपुरमा खाद्यान्न पसलमा कार्यरत युवक, अर्का जिल्ला प्रहरी कार्यालयका प्रहरी अधिकृत, दुई जना वडा नम्बर ५ की युवती र उनका दाजु हुन्।
यो सँगै धनगढीमा ट्राभल हिस्ट्री नभएका संक्रमितको संख्या ५९ पुगेको उपमहानगरपालिकाले जनाएको छ।
धनगढीमा अहिले सम्म दुई सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। उनीहरु मध्ये एकजनाको मृत्यु भएको छ।