छोरीको जन्म दिनको अवसरमा मानव सेवा आश्रममा सहयोग
धनगढीः धनगढीको एक दम्पत्तीले छोरीको जन्म दिनको अवसरमा मानव सेवा आश्रमलाई सहयोग गरेको छ।
धनगढी उप–महानगरपालिका वडा नम्बर ४ रातोपुलका विष्णु प्रसाद पाण्डेयको दम्पत्तीले छोरी डिटी पाण्डेयको जन्म दिनको अवसरमा मानव सेवा आश्रमलाई खाद्यान्न तथा सरसफाईका सामाग्री सहयोग गरेका हुन्।
छोरी र श्रीमती निर्मला सहित आश्रम पुगेका पाण्डेले करिब ८ हजार बराबरको खाद्यान्न र सरसफाईका सामाग्री हस्तान्तरण गरेको मानव सेवा आश्रमले जनाएको छ।
मानव सेवा आश्रमले सडक मानवलाई आश्रय दिदै आएको छ।