धनगढीमा संक्रमितको संख्या २२० पुग्यो, हेर्नुस् कुन वडाका कति?
धनगढीः सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा कोरोना संक्रमितको संख्या दुई भन्दा बढि पुगेको छ। १९ वटा वडा रहेको धनगढी उपमहानगरपालिकाका सबै वडामा कोरोना संक्रमण पुष्टि भएको छ। उपमहानगरपालिकाको स्वास्थ्य शाखाका अनुसार शनिबार सम्म १९ वटै वडाका दुई सय २० जनामा कोरोना संक्रमण पुष्टि भईसकेको छ।
स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायले सबैभन्दा बढि वडा नम्बर १२ मा ३७ जनामा संक्रमण देखिएको बताए। उनका अनुसार वडा नम्बर १२ मा १३ महिला र २४ पुरुष संक्रमित छन्। यस्तै वडा नम्बर १४ मा १२ महिला र १३ पुरुष गरी २५ जना, वडा नम्बर १ मा ९ महिला र १६ पुरुष गरी २५ जना, वडा नम्बर ३ मा पाँच महिला र १३ पुरुष गरी १८ जना कोरोना संक्रमित रहेका छन्।
यसैगरी वडा नम्बर २ का १ महिला र ६ पुरुष गरी ७ जना , वडा नम्बर ४ मा ६ महिला र ८ पुरुष गरी १४ जना, वडा नम्बर ५ मा ७ महिला र ९ पुरुष गरी १६ जना, वडा नम्बर ६ मा तीन पुरुष, वडा नम्बर ७ मा ४ महिला र ७ पुरुष गरी १३ जना, वडा नम्बर ८ मा २ महिला र ४ पुरुष गरी ६ जना, वडा नम्बर ९ मा तीन महिला र ६ पुरुष गरी ९ जना, वडा नम्बर १० मा ३ पुरुष, वडा नम्बर ११ मा ३ महिला र ५ महिला गरी ८ जना संक्रमित रहेको उपमहानगरपालिकाले जनाएको छ।
यसैगरी वडा नम्बर १३ मा ४ पुरुष, वडा नम्बर १५ मा दुई महिला र चार पुरुष गरी ६ जना, वडा नम्बर १६ मा तीन पुरुष, वडा नम्बर १७ मा एक महिला वडा नम्बर १८ मा ८ महिला र १० पुरुष गरी १८ जना तथा वडा नम्बर १९ मा तीन महिला र तीन पुरुष गरी ६ जनामा संक्रमण पुष्टि भएको छ।
उप–महानगरपालिकामा संक्रमण पुष्टि भएका दुई सय २० जना मध्ये ५१ जना कुनै ट्राभल हिस्ट्री नभएका व्यक्ति रहेका छन्।
जुन कुल संक्रमितको २३ प्रतिशत हो। यो तथ्याङ्क हेर्दा धनगढीमा कोरोना सामुदायिक संक्रमणको चरणमा प्रवेश गरिसकेको बताउँदै स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक उपाध्यायले अवस्था यकिन गर्न समुदाय स्तरमा परीक्षणको तयारी गरिएको जानकारी दिए।