सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा युवतीलाई सामूहिक बलात्कार गर्ने चार जना पक्राउ

२०७७ भदौ १४, ०९:१० खबर संवाददाता

धनगढीः कैलालीमा युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा चार जना पक्राउ परेका छन्।

जिल्लाको जानकी गाउँपालिका वडा नम्म्बर ९ को खैरीफाँटामा १७ वर्षीय युवतीलाई सामूहिक बलात्कार गर्ने चार जना युवकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले सामूहिक बलात्कार गरेको आरोपमा जानकी गाउँपालिका ९ कै दीपक कडारा, लोकेश रावत, शंकर विश्वकर्मा र कुमार कडारालाई पक्राउ गरिएको जानकारी दिए।

पीडित युवतीले दिएको किटानी जाहेरीका आधारमा ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको प्रहरी नायब उपरिक्षक विष्टले बताए।

युवतीमाथि गत भदौँ ११ गते राती सामूहिक बलात्कार भएको थियो। 
 
 

कमेन्ट लोड गर्नुस