सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा भन्सार छलीका सुर्ति सहित बोलेरो जिप बरामद

२०७७ भदौ १३, ०७:३४ खबर संवाददाता

धनगढीः धनगढीमा भन्सार छलीका सुर्ति सहित बोलेरो जिप बरामद गरिएको छ।

सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलको अनुसन्धान समूह र वडा प्रहरी कार्यालय धनगढीको संयुक्त टोलीले धनगढी उप–महानगरपालिका वडा नम्बर २ बाट भारतबाट चोरी पैठारी गरी ल्याईएको से १ च २८९ नम्बरको जिप बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार जिपमा रहेको दुई लाख ३० हजार मूल्य पर्ने दुई सय प्याकेट अन्दाजी सुर्ति बरामद गरी आवश्यक कारवाहीका लागि भन्सार कार्यालय पठाईएको छ।

कमेन्ट लोड गर्नुस