सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा मोटरसाइकल चोरी गर्ने फरार प्रतिवादी पक्राउ

२०७७ भदौ १३, ०७:२६ खबर संवाददाता

धनगढी: धनगढीमा मोटरसाइकल चोरी गर्ने फरार प्रतिवादी एक वर्षपछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनगढी उपमहानगरपालीका –५ घुँइयाघाटका २५ वर्षीय दिनेश राना रहेका छन्। 

कैलालीका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले सोही स्थानका नरेन्द्र शाहको घरको बरण्डामा राखेको मोटरसाइकल चोर्ने रानालाई पक्राउ गरिएको बताए। 

जिल्ला अदालत कैलालीले २०७५ साल जेठ १५ गते रानालाई एक लाख ७० हजार जरिवाना सुनाएको थियो।

सोही दिनदेखि फरार उनलाई भदौ १२ गते प्रहरीले नियन्त्रणमा लिएको छ। निजलाई कारवाहीका लागी कैलाली जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस