युरासिया रेयुकाइ नेपाल समाज विकास केन्द्रद्वारा स्वास्थ्य सामग्री सहयोग
धनगढी : युरासिया रेयुकाइ नेपाल समाज विकास केन्द्र धनगढीले आइसोलेसनमा स्वास्थ्य सामग्री सहयोग गरेको छ।
धनगढी उप–महानगरपालिका वडा नम्बर १५ उर्मामा रहेको आइसोलेसनमा बसेकाहरुलाई सेनेटरी प्याड र माक्स वितरण गरिएको केन्द्रका अध्यक्ष भरतनाथ योगीले बताए।
सेनेटरी प्याड नहुँदा आइसोलेसनमा बसेका महिलालाई सास्ती हुनेगरेको भन्दै सहयोग गरेको युरासिया रेयुकाइ नेपाल समाज विकास केन्द्रकी सदस्य कल्पना बोहोराले बताइन। साथै आगामी दिनहरुमा पनि अन्य सामाजिक कार्यतिर संस्था लागिपर्ने उनले बताइन।