सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतबाट फर्किएर धनगढीमा बेहोस भएका पुरुषको मृत्यु

२०७७ भदौ १३, ०४:२६ खबर संवाददाता

धनगढीः भारतबाट धनगढी पुगेर बेहोस भएका पुरुषको मुत्यु भएको छ। भारतको राजस्थानबाट फर्किएका अछामको बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ४ लिडिका ५२ वर्षीय लोकबहादुर रावल धनगढीको मोहनापुलमा बेहोस भएका थिए। 

क्षयरोगको समस्या रहेका रावललाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो। त्यही उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।   

शनिबार बिहान मात्र गौरीफन्टा नाकाबाट फर्किएका उनी मोहना नदीको पुलमा एक्कासी वेहोस भएका थिए। 

कमेन्ट लोड गर्नुस