सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा सरकारी कर्मचारीसहित परिवारका तीन जनामा देखियो कोरोना

२०७७ भदौ १२, ०८:५३ खबर संवाददाता

धनगढी : धनगढीमा स्वास्थ्य निर्देशनालयका कर्मचारीसहित परिवारका तीन जना सदस्यमा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य निर्देशनालयमा कार्यरत एक कर्मचारी, उनकी श्रीमती र उनकी छोरीमा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य निर्देशनालयको कार्यालय डोटी भएपनि उनी धनगढीमै बसेर काम गर्दै आएका थिए। उनकी श्रीमती सेती प्रादेशिक अस्पतालमा कार्यरत छिन्।

सुरुमा उनलाई कोरोना पुष्टि भएको हो भने बिहिवार सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा उनका श्रीमान र छोरीमा पनि संक्रमण देखिएको हो। 

कमेन्ट लोड गर्नुस