कैलालीका बाढी पीडितलाई रानीजरुवा वनद्वारा राहत वितरण
कैलाली: कैलालीको बर्दगोरिया गाउँपालिका –३ बुटकौवा टोलका बाढी पीडित परिवारलाई राहत वितरण गरिएको छ। बुधबार साझ परेको अविरल वर्षाका कारण भएको क्षतिबाट पीडित बनेका २० घर परिवारलाई रानीजरुवा सामुदायिक वन उपभोक्ता समुहले राहत वितरण गरेको हो।
पीडितहरुलाई प्रतिपरिवार १० किलो चामल, १ किलो दाल, १ किलो नुन र १ लिटर खाने तेल वितरण गरिएको सामुदायिक वनका अध्यक्ष लालसिह विश्वकर्माले जानकारी दिए। पीडित परिवारलाई थोरै भएपनि छाक टार्न सहयोग होस भन्ने हेतुले प्रारम्भिक राहत वितरण गरेको अध्यक्ष विश्वकर्माले बताए।