सुदूर नेपाललाई विश्वसँग जोड्दै

कस्तो रहला आजको मौसम?

२०८१ पुष ५, ०६:५२ खबर संवाददाता

धनगढीः हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जसको प्रभावले आज कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।

गण्डकी प्रदेशमा भने राति हिमाली क्षेत्रमा आंशिक बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। पहाडी क्षेत्रमा आंशिक बदली रहने र तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहने छ।

कमेन्ट लोड गर्नुस