होटल व्यवसायी संघको ३३ औं वार्षिक साधारण सभा सम्पन्न
धनगढीः होटल व्यवसायी संघ कैलालीको ३३ औं वार्षिक साधारण सभा सप्पन्न भएको छ।
शनिवार धनगढीको होटेल फ्लोरामा साधारण सभा सम्पन्न भएको हो। संघा अध्यक्ष केशवराज पाण्डेयको अध्यक्षतामा सम्पन्न साधारण सभामा महासचिव अवेशकुमार चन्दले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए।
साधारण सभामा होटल व्यवसायी संघको कार्यक्षेत्र अन्तर्गत संघमा आवद्ध हुन बाँकी रहेका होटल व्यवसायीलाई संघमा आवद्ध गराउने योजना रहेको बताइएको छ।
यस्तै, होटल क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न धनगढी उपमहानगरपालिकासँगको सहकार्य तालिम सञ्चालन गर्ने योजना रहेको अध्यक्ष पाण्डेयले बताए। अध्यक्ष पाण्डेयले पूर्णकालीन व्यवसाय सञ्चालनका लागि मापदण्ड पूरा गरी छुटेका होटल व्यवसायीहरूको छनोट गरी जिल्ला प्रशासन कार्यालयबाट निरीक्षण गराई लागु गर्न संघले पहल गर्ने बताएका छन्।
यस्तै, पर्यटन सूचना केन्द्रलाई व्यवस्थित गर्ने र दक्ष जनशक्तिको अभाव हुन नदिन विभिन्न सरोकारवाला संघसंस्था तथा निकायसँग गरि व्यवसायी तथा कर्मचारीलाई सीप विकास र क्षमता अभिवृद्धि सम्बन्धी तालिमहरू उपलब्ध गराउने योजना रहेको अध्यक्ष पाण्डेयले बताए।