इदउलफित्र मनाइँदै
विराटनगर : इस्लाम धर्मावलम्बीहरुको महान् पर्व रमजान मुबारक महिना आजदेखि सुरु भएको छ। इस्लाम धर्मावलम्बीहरु आजदेखि रोजा बसेर र विविध कार्यक्रम गरेर इदउलफित्र पर्व मनाउने गर्दछन्।
एक महिनासम्म सञ्चालन हुने यो पर्वमा मुुसलमानहरु दिनमा निराहार बस्छन। रोजा बस्न मुसलमानहरुले उर्दू क्यालेण्डरअनुसार सूर्योदय हुनुभन्दा पहिलेअर्थात् बिहानको नमाज पढ्नुअगावै केही खानेकुरा खाई प्रारम्भ हुन्छ भने बेलुकाको नमाज (मगरिब) को आजान सुनेपछि रोजा खोल्ने चलन छ।
निराहार बस्नुलाई रोजा भनिन्छ। रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने समयसँगै समयतालिका पनि परिवर्तन भइरहन्छ। रोजा बस्न बिहान तोकिएको समयअगावै र बेलुका तोकिएको समयपछि आहार लिने गर्दछन्। रमजान उर्दू क्यालेण्डरअनुसार हिजरी संवत्को रमजान महिना नवौँ महिना हो। रमजान महिनामा नै मुसलमानहरुको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास लिएको छ।
दान दिनु गरिब र दीन दुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो। रमजानान व्रत बस्न आज साँझ मुसलमानहरुले चन्द्रमा हेर्न आकाश चियाउने तिर दृष्यावलोकन गर्ने र चन्द्रमा हेरेर औधी रमाउने प्रचलन छ।
शरीरलाई चोखो राखेर मात्र रोजा बस्नुपर्छ। कुलतमा लागेका मानिसहरु एक महिना इमान्दारीपूर्वक रोजा बस्न सक्यो भने चुरोट, खैनी, गुट्खा आदि पदार्थ खाने बानीमा परिवर्तन आउन सक्ने विश्वास गरिन्छ। त्याग, तपस्या र बलिदान सबै जोडिने यो पर्वमा मुसलमानहरु रोजा बस्नुलाई गर्व मान्दछ। नाबालक, बिरामी, घातक रोग लागेका र गर्भवतीलाई रोजा बस्न अनिवार्य छैन।