धनगढीको गौरा महेश्वर मन्दिरमा श्रीमद भाग्वत सप्ताह ज्ञान महायज्ञ लाग्ने
धनगढीः धनगढीमो रहेको गौरा महेश्वर मन्दिरमा श्रीमद भाग्वत सप्ताह ज्ञान महायज्ञ लाग्ने भएको छ।
कैलालीको धनगढी उपमहानगरपालिका–३ गौरामाग बोराडाँडीमा रहेको गौरा महेश्वर मन्दिरमा श्रीमद भाग्वत सप्ताह हुने भएको छ। सप्ताह आज (सोमवार) बाट सुरु भएको छ। महायज्ञ चैत्र १९ गतेदेखि २५ गते सम्म चल्लने छ।
सप्ताहमा हरेक बिहान सन्योपासन, वैदिक पूजन तथा रुद्राभिषेक, मुलपाठ पारायण हुनेछ। दिउँसो सङ्गीतमय प्रवचन, बेलुका विशेष विश्वकल्यषणकारी श्रृङ्गारिक एवं सङ्गीतमय महा–आरती, रात्री समयमा महात्म्य पारायण, नाम संकिर्तन तथा भजन किर्तन हुने छ।
श्रीमद भाग्वत सप्ताह ज्ञान महायज्ञमा आचार्य श्री सत्यराज अवस्थीको मुखार बिन्दुबाट प्रवचन सुन्न सकिने आयोजकले जनाएको छ। श्री गौरा महेश्वर मन्दिर वयवस्थापन सेवा समितिको को आयोजनामा उक्त श्रीमद भाग्वत सप्ताह ज्ञान महायज्ञ हुन लागेको हो।