कैलालीमा हाइसले मोटरसाईकललाई ठक्कर दिँदा दुर्घटना
धनगढीः कैलालीमा हाइसले मोटरसाइकललाई ठक्कर दिएको छ।
सोमबार राति लम्कीचुहा नगरपालिका–४ बलियामा पूर्वबाट पश्चिम आउदै गरेको सुदूरपश्चि प्रदेश ०१००१ ज १५४७ नम्बरको इलेक्ट्रिक हाइसले से ३ प ६४९३ नम्बरको मोटरसाइकललाई पछाडीबाट ठक्कर दिएको हो। हाइसको ठक्करबाट मोटरसाइकल चालक लम्कीचुहा नगरपालिका–४ का ३८ वर्षीय चन्द्रप्रसाद चौधरी र मोटरसाइकल पछाडी सवार ३४ वर्षीय लेखराम चौधरी घाइते भएको ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।
चन्द्रप्रसाद चौधरीको स्थानीय लालरत्न अस्पतालमा उपचार भइरहेको छ भने लेखराम चौधरीलाई थप उपचारका लागि नेपालगन्ज मेडिकल कलेज रेफर गरिएको प्रहरीले बताएको छ। हाइस चालक कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ का २२ वर्षीय दिपक धितलाई इलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिएको छ।