सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीको बडिकेदारको मेला शुरु

सुदूरपश्चिम प्रदेशका विभिन्न शक्ति पीठमध्येको एक बडिकेदारको जात्रा (मेला) आज रातिदेखि शुरु हुँदैछ। बडिकेदारको दर्शन गरेमा मनोकामना पूरा हुने जनविश्वास छ।

थारू समुदाय र भारतको उत्तर प्रदेशका विभिन्न ठाउँबाट बडिकेदार आउने दर्शनार्थीको बिहीबारदेखि नै घुइँचो लागेको बडिकेदारका भराडी हर्कबहादुर बोहराले बताए। उनले भने, “दर्शनार्थी दुई÷तीन दिनदेखि आउने क्रम शुरु भएको छ।, बर्सेनि हजारौँ तीर्थालुको यहाँ भीड लाग्छ।” यहाँबाट अपी र सैैपाल हिमाल देख्न सकिन्छ। बडिकेदारमा हरेक वर्ष दुई पटक मेला लाग्छ। फागुनमा महाशिवरात्रि तथा कात्तिकमा बैकुण्ठ चतुर्दशीमा मेला लाग्छ। 
शिवरात्रिमा भन्दा कात्तिकको बैकुण्ठ चतुर्दशीमा लाग्ने मेलामा दर्शनार्थीको बढी भीड हुने गरेको बडिकेदार मेला व्यवस्थापन समितिका अध्यक्ष टोपबहादुर चन्दले बताए। उनले भने, “त्रयोदशीको राति र चतुर्दशीको दिउँसो बडिकेदारको दर्शन गर्न भारत र तराईबाट थारू समुदाय बढी सङ्ख्यामा आउने गरेको छ।” डेउडा खेलले मेलामा झनै रौनकता छाउँछ। रासस
 

कमेन्ट लोड गर्नुस

अन्य केही अन्तरवार्ता सबै अन्तरवार्ता

बैतडीमा करणी मुद्दाका फरार प्रतीवादी पक्राउ    

बैतडीः बैतडीमा करणी मुद्दाका फरार प्रतीवादी पक्राउ परेका छन्।

नागरिक सवालमा "जनताले स्थानीय सरकारलाई सही बाटोमा हिड्न खबरदारी " कमल गडसिला ,२०७९ पुष ०८ गते

नागरिक सवालमा "जनताले स्थानीय सरकारलाई सही बाटोमा हिड्न खबरदारी " कमल गडसिला ,२०७९ पुष ०८ गते  

नागरिक सवालमा बैतडीमा वडा सचीवका छोराबाट कुटपिटमा परेका नाथ दम्पतीको ध. अस्पतालमा बिचल्ली,२०७९पुष०७

नागरिक सवालमा बैतडीमा वडा सचीवका छोराबाट कुटपिटमा परेका नाथ दम्पतीको ध. अस्पतालमा बिचल्ली,२०७९पुष०७  

नागरिक सवालमा कैलालीका नागरिक डाँका समूहको निशानामा ,२०७९ पुष ०६ गते

नागरिक सवालमा कैलालीका नागरिक डाँका समूहको निशानामा ,२०७९ पुष ०६ गते  

नागरिक सवालमा इन्द्रेणी कार्यक्रमका सञ्चालक गायक कृष्ण कँडेल,२०७९ पुष ०३ गते

नागरिक सवालमा इन्द्रेणी कार्यक्रमका सञ्चालक गायक कृष्ण कँडेल,२०७९ पुष ०३ गते  

नागरिक सवालमा गायिका तथा चर्चित उद्घोषक/शितल शर्मा,२०७९ पुष ०१ गते

नागरिक सवालमा गायिका तथा चर्चित उद्घोषक/शितल शर्मा,२०७९ पुष ०१ गते