सुदूर नेपाललाई विश्वसँग जोड्दै

वैज्ञानिक वन व्यवस्थापन लागु भएको ८ बर्ष प्रदेश ७ मा एक प्रतिशत वनमा पनि कार्यक्रम विस्तार भएन

कमल सावद, धनगढी साउन २५

प्रदेश नम्वर ७ मा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागु भएको ८ बर्ष वितेपनि एक प्रतिशत वनमा पनि विस्तार गर्न सकिएको छैन् । प्रदेश नम्वर ७ मा ११ लाख ४६ हजार हेक्टर वन रहेकोमा अहिले सम्मा ७ हजार २ सय हेक्टर क्षेत्रफलमा मात्रै वैज्ञानिक वन व्यवस्थापन कार्याक्रम लागु गरिएको छ । 
जुन कुल बन क्षेत्रको सुन्य दशमल ६३ प्रतिशत मात्रै हुन आउछ । वैज्ञानिक वन व्यवस्थापन लागु भएको ७ हजार २ सय मध्ये ५ हजार ४ सय ७१ हेक्टर क्षेत्रफल कैलालीको मात्रै हो । सरकारी निकायकै असहयोगका कारण प्रदेश नम्वर ७ मा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमलाई अपेक्षाकृत रुपमा विस्तार गर्न सकिएको छैन् ।
 

कमेन्ट लोड गर्नुस