सुदूर नेपाललाई विश्वसँग जोड्दै

उपचार गराईरहेका घाईते भन्छन्– स्थानीय र प्रहरी पनि रमिते भए

धनगढीमा दिन दहाडै गोली प्रहार गरी रकम लुट्ने लुटेरा भएको आशंकामा  पक्राउ गरि अनुसन्धान भईरहेको अवस्थामा गोली लागेर घाईते भएका निर्मल कार्कीले आफुलाई कसैले सहयोग नगरेको वताएका छन ।  सेती अञ्चल अस्पतालमा  उपचार गराईरहेका कार्कीले स्थानीय  वासिन्दा र प्रहरी मुखदर्शक भएर रमिते हेरिरहेको  वताएका छन । रकम भएको झोला सहित लुटेर भाग्दा पनि कसैले आफ्नो हार गुहार नसुनेको घाईतले अस्पतालको शैय्यावाट उनले भने– म सधैं पैसा लिन आउँथे । आज पनि पैसा लिएर आउने क्रममा विच सडकमै गोली हानेर मलाई लुटे । मैले वचाउ वचाउभन्दा पनि कसैले सहयोग गरेनन् । देख्ने जति सवै रमिते भए वचाउन पनि कोही आएनन्  । सेती अञ्चल अस्पतालमा उपचार गराई कार्कीले थपे– म ढल्दा पनि उठाउन कोही आएनन, काला काला मान्छेले मुख छोपेका थिए । मैले उनीहरुलाई चिन्न सकेन् । 

कमेन्ट लोड गर्नुस