सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा युवकको विभत्स हत्या, एक युवती सहित तीन जना पक्राउ

२०७६ वैशाख २, ०१:१० खबर संवाददाता

चार दिन अघि वेपत्ता भएका कञ्चनपुरको कृष्णपुर नगरपालिका ७ का १९ वर्षीय युवक सुविल बडायकको शव फेला परेको छ। ईलाका प्रहरी कार्यालय रैकवार विचुवाका प्रहरी नायब नीरिक्षक दिल वहादुर कुँवरले बडायकको शव  कृष्णपुर नगरपालिका ७ को लम्वा चद्दरको न्युरा खोलामा भेटिएको जानकारी दिए। शव खाल्डोमा आधा गाडिएको अवस्थामा भेटिएको प्रहरी नायब नीरिक्षक कुँवरले बताए।

उनका अनुसार बडायकको टाउको र शरिर अलग गरिएको छ। उनको हत्या गरेको आशंकामा एक स्थानीय युवती सहित दुई जनालाई नियन्त्रणमा लिईएको छ। प्रहरीका अनुसार कृष्णपुर नगरपालिका ७ की १६ वर्षीया किशोरी शिवानी राना सहित सोही स्थानका १८ वर्षीय अयोध्या राना र १८ वर्षकै प्रमोद राना रहेका छन्। कृष्णपुर नगरपालिका ८ मा बस्दै आएका बडायक गत चैत २८ गते स्थानीयको विवाहमा रैकवार विचुवाको कलुवापुर आएका थिए। सोही दिन साँझदेखि सम्पर्क विहिन भएका बडायकको टि–सर्ट आज प्रहरीले रगतले लतपतिएको अवस्थामा खेतमा फेला पारेको थियो। घटनाको थप अनुसन्धान भईरहेको प्रहरले जनाएको छ। 

कमेन्ट लोड गर्नुस