सुदूर नेपाललाई विश्वसँग जोड्दै

सशस्त्रका ४ एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस

२०७९ माघ २६, ०८:१६ खबर संवाददाता

काठमाडौंः सशस्त्र प्रहरी बलका ४ जना सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकलाई नायब महानिरीक्षक (डीआईजी) पदमा बढवा गर्न सिफारिस गरिएको छ।

गृह मन्त्रालयम बुधबार बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिस गरेको हो। एसएसपी सुरेश कुमार श्रेष्ठलाई १ नम्बरमा बढुवा सिफारिस गरिएको छ। सशस्त्रमा ४ जना डीआईजीको पद रिक्त छ।

सो रिक्त पदमा  श्रेष्ठ सहित अन्जनी कुमार पोखरेल, दीपेन्द्र शाह र पुरुषोत्तम थापालाई बढुवा सिफारिस गरिएको बढुवा समितिका सदस्य सचिव सशस्त्र प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) नारायणदत्त पौडेलले बताए।
baduwa

कमेन्ट लोड गर्नुस