सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाका दुई पसलमा आगलागी

२०७९ माघ २२, १२:४० खबर संवाददाता

दार्चुलाः दार्चुलाका दुई पसलमा आगलागी भएको छ। जिल्लाको अपिहिमाल गाउँपालिका–४ खण्डेश्वरी बस्ने बिक्रमसिंह बोहरा र कुन्दनसिंह रोकायाको खुद्रा पसलमा आगलागी भएको हो।

सोलारको ब्याट्रीको तार सर्ट भई आगलागी हुँदा पसलभित्र रहेका सामानहरू जलेर नष्ट भएको पसल सञ्चालक बोहरा र रोकायाले बताएका छन्। 

आगलागीबाट भएको क्षतिको पुर्ण विवरण आइनसकेको प्रहरीले जनाएको छ। प्रहरीले दमकल र स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो।

कमेन्ट लोड गर्नुस