सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल प्रहरीका एक सय १६ डीएसपीहरुको सरुवा (सूचीसहित)

२०७९ माघ १९, ०७:१८ खबर संवाददाता

काठमाडौंः नेपाल प्रहरीका एक सय १६ जना डीएसपीको सरुवा भएको छ। नेपाल प्रहरी प्रधान कार्यालयले डीएसपीहरुको सरुवा गरेको हो।

प्रहरीका एक सय १६ जना डीएसपीहरुको सरुवा गरिएको मानवश्रोत विकाश विभागले बताएको छ। 

डीएसपी सुवा बुढाथोकीलाई रसुवामा सरुवा गरिएको छ। इलाका प्रहरी कार्यालय अनारमनीमा सुरज कार्की, इलाका प्रहरी कार्यालय कोहलपुरमा सुन्दर तिवारी, जाजरकोटमा सन्तोष रोका, जिप्रका रोल्पामा श्याम सारुमगर र डोल्पामा शिव कुमार बुढाथोकीलाई सरुवा गरिएको छ। 

प्रहरी वृत्त कीर्तिपुरमा राजु लामालाई पठाइएको छ। प्रहरी वृत्त ठिमीमा रविन श्रेष्ठ र जिप्रका म्याग्दीमा मदन कुँवरलाई सरुवा गरिएको छ।


 

कमेन्ट लोड गर्नुस