सुदूर नेपाललाई विश्वसँग जोड्दै

नाष्ट कलेजद्धारा रक्तदान 

२०७९ माघ १९, ०८:०२ खबर संवाददाता

धनगढीः धनगढीमा रहेको नाष्ट कलेजले बुधवार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। कलेजको २३औं वार्षिक उत्सबको अवसरमा कलेज अन्र्तगतको नाष्ट रेडक्रस सर्कलको आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरिएको आयोजकले जनाएको छ।

रक्तदानमा प्रमुख अतिथि एकेडेमीका प्रबन्ध निर्देशक शिवहरी शर्मा मुडभरीले रक्तदानको महत्वका बारेमा बताएका थिए। साथै प्रार्चाय डाक्टर प्रेमबहादुर चन्द विशिष्ट अतिथि रहेको कार्यक्रममा ६० जनाले रक्तदान गरेका थिए। एकेडेमीका विभागिय प्रमुख, उपप्राध्यापक, कर्मचारीलगायत विद्यार्थीहरुको सक्रिय सहभागिता रहेको थियो। नाष्ट रेडक्रस र्सकलका रमेश चन्द्र भण्डारी र रमेश खड्काले कार्यक्रमको संयोजन गरेका थिए।
 

कमेन्ट लोड गर्नुस