सुदूर नेपाललाई विश्वसँग जोड्दै

कर्मचारी सरुवामा नयाँ मापदण्ड

फाइल फोटो
फाइल फोटो
२०७९ माघ १८, ०९:०६ खबर संवाददाता

काठमाडौं: कर्मचारी सरुवालाई वैज्ञानिक र व्यवस्थित बनाउन सरकारले सरुवाको नयाँ मापदण्ड बनाउने तयारी गरेको छ। लामो समय केन्द्रमै रहने, स्थानीय तहमा जान अरुचि देखाउनेजस्ता प्रवृत्तिले सेवाप्रवाहमा समस्या सिर्जना गरेपछि त्यसलाई अन्त्य गर्न सरकारले नयाँ प्रावधान बनाउन लागेको हो।

संघीय मामिला तथा स्थानीय सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले कर्मचारी सरुवामा व्याप्त समस्या हल गर्न नयाँ मापदण्ड बनाउन लागिएको जानकारी दिए। आफूअनुकूल सरुवा हुने र सकेसम्म सुगममा रहने प्रवृत्ति कर्मचारी वृत्तमा व्याप्त छ। यही कारण देशभरका दर्जनौं स्थानीय तह निमित्तका भरमा चलेका छन्। अब दुई वर्ष एउटै शाखामा बसेका कर्मचारीको शाखा परिवर्तन हुने र तीन वर्ष एउटै स्थानमा बसेकालाई अन्यत्र पठाइने भएको छ।

चार वर्ष केन्द्रमा एउटै स्थानमा बसेका कर्मचारीलाई अनिवार्य स्थानीय तहमा पठाउने नीति बनाउन लागेको मोदीले जानकारी उनले दिए। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी बाहिर नगएका कर्मचारीको तथ्यांक उपलब्ध गराउन आफूले निर्देशन दिइसकेको बताए। 

कमेन्ट लोड गर्नुस