सुदूर नेपाललाई विश्वसँग जोड्दै

देशभर पश्चिमी वायुको प्रभाव

२०७९ माघ १८, ०७:१५ खबर संवाददाता

धनगढी: देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही अन्य भूभागहरूमा मौसम सामान्यतया सफा देखिन्छ। देशका तराईका केही भूभागहरूमा बिहानीपख हुस्सु÷कुहिरो लागेको जनाएको छ।

आज दिउँसो प्रदेश नं. १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश नं. १, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको माहाशाखाले जनाएको छ। यस्तै राती प्रदेश नं. १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशहरूमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा  मौसम सामान्यतया सफा रहने छ। 
 

कमेन्ट लोड गर्नुस