सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा ५ दशमलव ९ म्याग्निच्युडको भूकम्प, बाजुराको मेला केन्द्र बिन्दु

२०७९ माघ १०, ०३:३२ खबर संवाददाता

धनगढीः सुदूरपश्चिममा ५ दशमलव ९ म्याग्निच्युडको भूकम्प गएको छ। सुदूरको पहाडी जिल्ला बाजुराको मेला केन्द्रविन्दर भएर आज दिउँसो भूकम्प गएको हो। बाजुराको मेला क्षेत्रमा केन्द्र विन्दु भएर मंगलवार दिउँसो २ बजेर ४३ मिनेटमा भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले बताएको छ। 

भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार भूकम्पको तीव्रता ५ दशमल ९ म्याग्निच्युड थियो। भूकम्पको झट्का भारतसम्म महसुस भएको भारतीय मिडियाहरुले समेत जनाएका छन्। दिल्ली–एनसीआर, उत्तर प्रदेश, उत्तराखण्ड लगाएका धेरै ठाउँमा भूकम्पको धक्का महसुस गरिएको थियो।

भूकम्पबाट बझाङमा कृषि ज्ञान केन्द्र भत्किएको छ। थप विवरण आउन बाँकी छ। भूकम्पको महसुस सुदूरपश्चिमभरी नै गरिएको छ। त्यस्तै जिल्ला प्रहरी कार्यालय बाजुराले केहि स्थानमा घर भत्किएको खबर प्राप्त भएको जनाएको छ। तर अहिलेसम्म मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस