सुदूर नेपाललाई विश्वसँग जोड्दै

रेशम चौधरीको पार्टीले टुंग्यायो समानुपातिक सांसद, को–को हुन् ?

२०७९ मंसिर २३, ०८:५२ खबर संवाददाता

काठमाडौंः नागरिक उन्मुक्ति पार्टीले प्रदेशसभातर्फको समानुपातिक सांसदहरूको टुंगो लगाएको छ। जसअन्तर्गत मधेस प्रदेशमा रामचन्द्र चौधरी (बारा), लुम्बिनी प्रदेशमा नोरी कुमारी चौधरी (बाँके) र निर्मला कुमारी चौधरी (रुपन्देही) रहेका छन्। त्यस्तै सुदूरपश्चिमा प्रदेशमा पार्टी प्रवक्तासमेत रहेका दामोदर पण्डित (कैलाली) र सुनिता  चौधरी (कैलाली) रहेका छन्।

रेशम चौधरी चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी राष्ट्रिय दल बन्न असफल भए पनि प्रतिनिधिसभातर्फ एक स्वतन्त्रसहित चार सिट जितेको छ। यो पार्टीले प्रत्यक्षतर्फ लुम्बिनी प्रदेशमा दुई सिट र सुदूरपश्चिम प्रदेशमा ५ सिट जितेको छ।

कमेन्ट लोड गर्नुस