सुदूर नेपाललाई विश्वसँग जोड्दै

जहाजको टायर पन्चर भएपछि दिल्लीको उडान रोकियो

२०७९ मंसिर २३, ०७:१३ खबर संवाददाता

काठमाडौंः काठमाडौंबाट नयाँ दिल्ली उड्न ठिक्क परेको जहाजको टायर पञ्चर हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड भएको छ। एयर इन्डियाको एएल २१६ उडान नम्बरको जहाज ३ः४० मा त्रिभुवन विमानस्थलबाट नयाँ दिल्ली उड्ने तयारीमा थियो।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार यो जहाज ‘ट्याक्सी वे’बाट थ्रेसहोल्ड एरियामा पुगेर धावनमार्गमा रन लिने तयारी गर्दै गर्दा टायरको प्रेसर कम भएको थियो।

यसलाई एभिएसनको भाषामा ‘टायर फ्लाट’ हुनु भनिन्छ। जसको अर्थ सामान्य भाषामा पञ्चर हुनु हो । थ्रेसहोल्ड एरियामा पुगेपछि जहाज रन गरी टेकअफ लिने गर्छ। पञ्चर भएसँगै जहाजलाई मेसिनको सहायताले तानेर पार्किङ वेमा राखिएको छ। 

कमेन्ट लोड गर्नुस