सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको लम्कीचुहा नगरपालिकामा लगाइएको ताला तोडियो 

२०७९ मंसिर २३, ०३:२८ खबर संवाददाता

धनगढीः कैलालीको लम्कीचुहा नगरपालिकामा लगाइएको ताला तोडिएको छ। सरकारी सम्पत्ति दुरुपयोग गरेको लगायतका आरोप लगाउँदै नेपाल कम्युनिष्ट पार्टीले लगाएको ताला तोडिएको हो।

प्रहरीको सहयोगमा नगरपालिकाले नै ताला फोडेको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ। पुराना मोटरसाइकलहरू हुँदा हुँदा नयाँ मोटरसाइकल किनेर भ्रष्ट्राचार गरेको, सार्वजनिक खरिद ऐन विपरीत काम गरेको, नगर प्रमुखले व्यक्तिगत फाइदाको लागि सरकारी सम्पत्ति दुरुपयोग गरेको, आवश्यकता र औचित्यहीन महँगो विलासी सवारी साधन खरिद गरेको र सरकारी बजेटमा ब्रमलुट मच्चाएको भन्दै नेपाल कम्युनिस्ट पार्टीले नगरपालिकाको आर्थिक प्रशासन शाखामा तालाबन्दी गरेको थियो।

उनीहरूले मोटरसाइकल फिर्ता गर्न समेत चेतावनी दिएका थिए।

कमेन्ट लोड गर्नुस