सुदूर नेपाललाई विश्वसँग जोड्दै

शिक्षा क्षेत्रमा लगानी भयो, प्रतिफल आएनः देउवा

फाइल तस्बिर
फाइल तस्बिर
२०७९ मंसिर २३, ०१:११ खबर संवाददाता

काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवाले शिक्षा क्षेत्रमा गरेको लगानीअनुसारको प्रतिफल पाउन नसकेको बताएका छन्। त्रिभुवन विश्वविद्यालयको ४८औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले नेपालको संविधानले शिक्षाको हक मौलिक हकको रुपमा व्यवस्था गरेको बताए।

उनले भने, ‘संविधानले नै कुनै पनि नागरिक शिक्षाबाट बञ्चित हुन नपरोस् भनेर प्रत्याभूत गरेको छ। समाजका सबै वर्ग र समुदायले सर्वसुलभ रुपमा आधारभूतदेखि उच्च शिक्षासम्म प्राप्त गरी आफ्नो सिर्जना गर्ने वातावरण निर्माण गर्नु सरकारको दायित्व हो।’

सरकारले शिक्षा क्षेत्रको विकासको लागि उचित स्रोत र साधनको व्यवस्था गर्दै आइरहेको प्रधानमन्त्री देउवाले बताए। ‘सरकारको लगानीको तुलनामा शिक्षा क्षेत्रबाट प्रतिफल अपेक्षाअनुसार आउन सकेको छैन। यो स्थितिमा सुधार गर्दै शिक्षा क्षेत्रमा गरेको लगानीलाई बढी उपलब्धिमूलक र प्रतिफलमुखी बनाउनुपर्ने आवश्यकता छ। विश्वविद्यालयको शिक्षा औपचारिकमात्रै नभएर व्यवहारिक हुनुपर्छ’, उनले भने।

कमेन्ट लोड गर्नुस