सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको निर्सग अस्पतालले सुरु गर्‍यो फिजियोथेरापी सेवा 

२०७९ मंसिर २३, ११:२६ खबर संवाददाता

धनगढी: धनगढीस्थित निर्सग हस्पिटल एण्ड रिसर्च सेन्टरले फिजियोथेरापी सेवा सुरु गरेको छ। अस्पतालले शुक्रबार एक कार्यक्रमकाबीच उक्त डिपार्टमेन्ट सुरु गरेको हो।

सुदूरपश्चिममै पहिलोपटक निर्सगले उक्त सेवा अत्याधुनिक रुपमा सुरु गरेको हस्पिटलका अध्यक्ष तिर्थराज पन्तले बताए। हाडजोर्नी तथा नसा रोगको उपचार, ढाडको पुरानो तथा नयाँ दुखाईको उपचार सुरु गरिएको डाक्टर नबिन ढुङगानाले बताए।

उनकाअनुसार अस्पतालमा न्युरोलोजिकल समस्या, बालबालिकामा देखा पर्ने अटिजम, डाउनसिन्डम, मांसपेशीको कमजोरी आदिको पनि उपचार गरिने छ।

कमेन्ट लोड गर्नुस