सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको सौभाग्य अस्पतालले माग्यो १ सय बढी कर्मचारी 

२०७९ मंसिर २२, ०७:०५ खबर संवाददाता

धनगढीः निकट भविष्यमै धनगढीमा संचालन हुन लागेको सौभाग्य अस्पतालले १ सय बढीको सँख्यामा कर्मचारी मागेको छ। धनगढी उपमहानगरपालिकास्थित पुरानो भन्सार रोडजाने बाटोमा कृषि सामग्री कम्पनी लिमिटेडको अगाडी रहेको उक्त अस्पतालले कर्मचारी माग गरेको हो। 

सो अस्पतालको प्रशासनले माघभित्र सेवाहरु संचालनमा आउने र १ सय ८ जना कर्मचारीहरुका लागि आवेदन खुला गरिएको जनाएको छ। अस्पतालले चिकित्सक, नर्स लगायतका पदहरुमा कर्मचारी माग गरेको हो। 

१० करोडको लगानीमा उक्त अस्पताल संचालनमा आउदैछ।

कमेन्ट लोड गर्नुस