सुदूर नेपाललाई विश्वसँग जोड्दै

अब धनगढीमा ‘राईडर’ एपमार्फत लिन सकिन्छ यस्ता सेवा

२०७९ मंसिर २२, ०६:४७ खबर संवाददाता

धनगढीः धनगढीमा क्यासनेप तथा प्राईम सेवाको १३औं शाखा विस्तार गरिएको छ। बिहीबार एक कार्यक्रमका बिच धनगढीमा प्राईम सेवाको शाखा विस्तार गरिएको हो।

सेवाग्राहीलाई सहज, सरल, शुलभ तथा छिटो सेवा दिनका लागि शाखा विस्तार गरिएको जनाइएको छ। सो कम्पनीले अब धनगढीमा विभिन्न सेवाहरु प्रदान गर्ने त्यसका प्रवन्ध निर्देशक राजन अधिकारीले जानकारी दिए। उनका अनुसार धनगढी शाखाले ट्याक्सी बुकिङ, मोटरसाईकलमा यात्रु ओहोरदोहोर, भाडामा सवारीसाधन, चिकित्सक सेवा, ग्याँस तथा खानेपानीको घरमै ढुवानी, प्लम्बर लगायतका सेवा उपलब्ध गराउने छ।

यो सेवा लिनका लागि एपको प्रयोग गर्नुपर्ने उनले बताए। ‘राईडर’ एपमार्फत सेवा लिन तथा माग गर्न सकिने उनको भनाइ छ।

कमेन्ट लोड गर्नुस