सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा लागूऔषधसहित चार जना पक्राउ

फाइल फोटो
फाइल फोटो
२०७९ मंसिर २०, ०३:३४ खबर संवाददाता

कैलालीः कैलालीमा लागूऔषधसहित चार जना पक्राउ परेका छन्। कैलारी गाउँपालिका–७ रामपुर बस्ने रामशरण चौधरीको घरबाट लागूऔषध ब्राउनसुगर १ ग्राम ९ सय मिलिग्रामसहित धनगढी उपमहानगरपालिका ८ बस्ने २४ वर्षीय रोशन शाह समेत ४ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले चौधरीको घर तलासी गर्दा उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको बताएको छ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।

कमेन्ट लोड गर्नुस