सुदूर नेपाललाई विश्वसँग जोड्दै

न्यायाधीश गिरीमाथि बलात्कारको आरोप

२०७९ मंसिर २०, ०३:०३ खबर संवाददाता

काठमाडौं: कपिलवस्तुका जिल्ला न्यायाधीश भुवन गिरीमाथि बलात्कारको आरोप लागेको छ। एक महिलालाई बन्धक बनाएर यौन शोषण गरेको आरोपमा अनुसन्धान सुरु भएको हो।

पीडितले आफूलाई बन्धक बनाएर यौन शोषण गरेको आरोपमा उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले अनुसन्धान थालेको बताइएको छ। पीडित महिलाले न्यायाधीश गिरीविरुद्ध सुरुमा कपिलवस्तु प्रहरीमा उजुरी गरेकी थिइन्। तर, कपिलवस्तु प्रहरीले उजुरी लिन नमानेपछि पीडित महिला एक साताअघि राष्ट्रिय मानव अधिकार अयोग र महिला आयोगमा पुगेर उजुरी दिइन्।

दुवै आयोगले कपिलवस्तु प्रहरीलाई उजुरी लिएर छानबिन गर्न निर्देशन दिँदै पत्र पठाएका थिए। मानव अधिकार आयोगले त न्यायपरिषदलाई समेत उजुरी र पत्रको बोधार्थ पठाएको थियो।
 

कमेन्ट लोड गर्नुस