सुदूर नेपाललाई विश्वसँग जोड्दै

अब जाँडरक्सी खाएर गाडी चलाउनेलाई मुद्दा लाग्ने

२०७९ मंसिर २०, ०९:५३ खबर संवाददाता

काठमाडौँ: जाँडरक्सी र लागु पदार्थ खाएर गाडी चलाउनेलाई प्रहरीले मुद्दा चलाउन थालेको छ। कारबाही मात्रै गरेर छोड्ने गरेको प्रहरीले मुद्दा चलाउन थालेको हो।

काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा सुरक्षा जाँचका क्रममा स्कुलका बस चलाउने चालकले समेत जाँडरक्सी र लागुु पदार्थ खाएको भेटिएपछि प्रहरीले सार्वजनिक अपराधका साथै सम्बन्धित कसुरमा मुद्दा नै चलाउन थालेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

केही दिनअघि मात्रै काठमाडौँको फर्पिङमा ना १ ज ८४६९ नम्बरको जीप चालक काभ्रे पनौतीका ४४ वर्षीय नवराज केसीले जाँडरक्सी खाएर गाडी चलाएको भेटिएको थियो। उनीमाथि प्रहरीले अभद्र व्यवहार गरेको आरोपसहित मुद्दा चलाएको छ।

लागुऔषध खाएर गाडी चलाएका पाँच जनाविरुद्ध पनि लागुऔषध सेवनको कसुरमा पाँच दिन म्याद थप गरेर मुद्दा अघि बढाइएको प्रहरीले जनाएको छ। उनीहरूलाई किटको प्रयोग गरी पिसाब जाँच गर्दा लागुऔषध सेवन गरेको पाइएको थियो। 
 

कमेन्ट लोड गर्नुस