सुदूर नेपाललाई विश्वसँग जोड्दै

कस्तो छ आगामी तीन दिनको मौसम ?

२०७९ मंसिर २०, ०६:१५ खबर संवाददाता

धनगढी: हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। बुधबार प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ।

त्यस्तै, बिहीबार पनि प्रदेश १, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।  

 


 

 


 

कमेन्ट लोड गर्नुस