सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा बिहानै सरकारी गाडी बससँग ठोक्कियो, ब्याडमिन्टन खेल्न गइरहेका थिए सचिव

२०७९ मंसिर १९, ०८:१३ खबर संवाददाता

धनगढी: सुदूरपश्चिम प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटी सवार गाडी विद्यालयको गाडीसँग ठोक्किएको छ। सोमबार बिहानै उनी सवार से १ झ २७६ नम्बरको सरकारी गाडी सैनिक आवासीय महाविद्यालयको विद्यार्थी बोकेको बससँग ठोक्किएको हो।

सचिव बोगटी कार्यालय समय अगाडि नै सरकारी गाडीमा ब्याडमिन्टन खेल्न गइरहेका बताइएको छ। धनगढी उपमहानगरपालिका-५ हसनपुरमा उनी सवार गाडी विद्यालयको गाडीसँग ठोक्किएको हो। बोगटीले ओभरटेक गर्ने क्रममा स्कारपियो महाविद्यालयको बससँग ठोक्किएको र दुवैको अगाडिको भागमा समान्य क्षति पुगेको छ।


 

कमेन्ट लोड गर्नुस