सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा छाडा चौपायासँग मोटरसाइकल ठोक्किँदा एक युवक गम्भीर घाइते 

फाइल फोटो
फाइल फोटो
२०७९ मंसिर १६, ०६:२० खबर संवाददाता

धनगढी: कैलालीमा छाडा चौपायासँग मोटरसाइकल ठोक्किँदा एक युवक गम्भीर घाइते भएका छन्। प्रहरीका अनुसार बिहीबार जिल्लाको गोदावरी नगरपालिका ५ गेटामा धनगढीबाट अत्तरियातर्फ जाँदै गरेको से ५ प ८७६० नम्बरको मोटरसाइकल छाडा गाईसँग ठोक्किएको हो।

दुर्घटनामा मोटरसाइकल चालक डडेल्धुराको अमरगढी नगरपालिका २ का अन्दाजी ३२ वर्षीय विशाल बुढाऐर गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ। उनको धनगढीस्थित मायामेट्रो अस्पताल मा उपचारका भइरहेको प्रहरीले बताएको छ। मोटरसाइकलसँग ठोक्किएको गाईको घटनास्थलमा मृत्यु भएको छ। 


 

कमेन्ट लोड गर्नुस