सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रहरी नियन्त्रणमा रहेका विद्यार्थी छोड्न अखिल क्रान्तिकारीको माग

२०७९ मंसिर १५, १०:३९

धनगढीः प्रहरीले नियन्त्रणमा लिएका विद्यार्थीलाई छोड्न नेकपाको विद्यार्थी संगठनले माग गरेको छ। नेत्रविक्रम चन्द (बिप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले प्रहरी नियन्त्रणमा रहेका विद्यार्थीलाई छोडन भनेको हो। 

धनगढीको पञ्चोदय माध्यामिक विद्यालयकी विद्यार्थी चेतना साउँदको ग्रेडरले ठक्कर दिएपछि बिहीबार बिहान मृत्यु भएको थियो। उनलाई ग्रेडरले जबरजस्ती किचेर मारेको विद्यार्थीहरुको आरोप छ। उनीहरुले बिहीबार धनगढीमा प्रदर्शन गरेका थिए। कालिका कन्ट्रक्सनलाई कारबाही हुनुपर्ने र प्रहरी नियन्त्रणमा रहेका विद्यार्थीको रिहाको माग अखिल क्रान्तिकारीले गरेको अध्यक्ष महेश पातलीले बताए। प्रहरीले केही विद्यार्थीलाई नियन्त्रणमा लिएको थियो। 

धनगढीमा विद्यार्थीले प्रदर्शन गर्न थालेपछि स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको छ। 

कमेन्ट लोड गर्नुस